
2 min read
दीपक भट्ट प्रकरणपछि अर्थतन्त्रको गहिरो प्रश्न: “सफा गर्ने कि ढाल्ने?”
दीपक भट्ट प्रकरणपछि अर्थतन्त्रको गहिरो प्रश्न: “सफा गर्ने कि ढाल्ने?” काठमाडौं । नेपालका ठूला व्यापारी दीपक भट्ट पक्राउ परेपछि शेयर बजार, ब्रोकर सर्कल र वित्तीय क्षेत्रमा असामान्य हलचल देखिएको छ। सतहमा यो एउटा व्यक्तिको पक्राउ जस्तो देखिए पनि यसको प्रभाव धेरै गहिरो र संरचनात्मक रहेको संकेतहरू देखिन थालेका छन्। बजारमा चलिरहेको चर्चा अनुसार, भट्ट समूहको ठूलो मात्रामा सेयर लगानी रहेको र केही ब्रोकरहरूसँग प्रत्यक्ष कारोबार सम्बन्ध रहेको भनाइले बजार मनोविज्ञानलाई नै हल्लाएको छ। यस्ता घटनाले केवल मूल्यमा उतारचढाव ल्याउँदैनन्, विश्वासको जगमै कम्पन पैदा गर्छन्।
Dipesh Ghimire
·

















