{"id":4227,"slug":"fuel-prices-rise-by-rs-15-per-liter-nepal-oil-corporation-still-in-loss","author_name":"NEPSETRADING ","insider":false,"thumbNail":"https://static.nepsetrading.com/nepsetrading-assets/news/1775191449905-image.jpeg","english_title":"Fuel Prices Rise by Rs. 15 per Liter, Nepal Oil Corporation Still in Loss","english_summary":"Nepal Oil Corporation has increased the prices of petrol, diesel, and kerosene by Rs. 15 per liter, bringing petrol to Rs. 202 and diesel/kerosene to Rs. 182 per liter. LPG prices remain unchanged. Despite the hike, the corporation continues to face heavy losses, with an estimated biweekly loss of around Rs. 11.71 billion.","english_content":"Nepal Oil Corporation has increased the prices of petroleum products. Based on the price list received from India every 15 days, the corporation has decided to raise the price of petrol, diesel, and kerosene by Rs. 15 per liter. Following the adjustment, petrol now costs Rs. 202 per liter, while diesel and kerosene are priced at Rs. 182 per liter. However, the price of LPG gas remains unchanged. Despite the price hike, the corporation is still incurring a loss of Rs. 34 per liter on petrol, Rs. 120 per liter on diesel, and over Rs. 416 per cylinder on LPG. Even after the adjustment, the corporation projects a biweekly loss of approximately Rs. 11.71 billion.","tags":["Top","Trending","Popular","Latest","Economy"],"nepali_title":"पेट्रोल, डिजेल र मट्टितेलमा १५ रुपैयाँ वृद्धि, आयल निगम अझै घाटामा","nepali_summary":"नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको छ, जसअनुसार पेट्रोल २०२ र डिजेल/मट्टितेल १८२ रुपैयाँ पुगेको छ। एलपी ग्यासको मूल्य यथावत राखिएको छ। मूल्य वृद्धि पछि पनि निगम ठूलो घाटामा रहेको छ र पाक्षिक रूपमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।","nepali_content":"नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। भारतबाट प्रत्येक १५ दिनमा आउने नयाँ मूल्य सूचीका आधारमा निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो। यससँगै पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ कायम भएको छ। यद्यपि एलपी ग्यासको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन। मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ, डिजेलमा १२० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर ४१६ रुपैयाँभन्दा बढी घाटा रहेको छ। नयाँ मूल्य कायम हुँदा पनि निगमले पाक्षिक रूपमा करिब ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरेको छ।","createdAt":"2026-04-03T04:42:16.850Z","updatedAt":"2026-04-03T04:44:09.955Z"}